
काठमाडौँ – संघीय संसद् सचिवालये प्रतिनिधि सभाको बैठक आगामी २७ गते दिउँसो एक बजे बोलाइएको भन्दै उपस्थित हुन सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबार ‘प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई प्रतिनिधि सभाको अधिवेशन आह्वानसम्बन्धी’ सूचना जारी गरी २७ गते सोमबार एक बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र वानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकाले उपस्थित हुन अनुरोध गरेका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते आफूले विश्वासको मत लिने बताएका थिए । त्यही अनुरुप उनले राष्ट्रपति भण्डारीलाई प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए ।
