
विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा टर्कीसँग पराजित नेदरल्यान्ड्सले पहिलो जित निकाल्न सफल भएको छ। नेदरल्यान्ड्सले गए राती लात्भियालाई २-० ले पराजित गरेको हो।
पाँच हजार दर्शक उपस्थित रंगशालामा नेदरल्यान्ड्सका लागि स्टेभन बर्घुइस (३२) र लुक डी जोङ (६९) ले गोल गरेका थिए। जितपछि समूह ‘जी’मा रहेको नेदरल्यान्ड्स तेस्रो स्थानमा उक्लिएको छ। टर्की ६ अंकका साथ शीर्ष स्थानमा छ।