
सिरहा – सिरहाको कल्याणपुर नगरपालिकामा बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भए संगै शनिबार उद्घाटन सम्पन्न भएको हो ।
वडा नम्वर ११ स्थित नगरपालिका कार्यालयकै छेउमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन निर्माण भएको हो ।कुल दुई करोड ४५ लाख ५५ हजारको लागतमा बनेको आवाससहितको दुई तल्ले भवनको शनिबार उद्घाटन गरिएको छ । संघीय सरकारको आर्थिक लगानीमा निर्माण सम्पन्न भएको उक्त भवन नगरपालिकाकी कार्यवाहक मेयर रोहिनी देवि यादवले उद्घाटन गरिन् ।
नयाँ भवन मार्फत चाँडै नै २४ औं घण्टा स्वास्थ्य सेवा प्रवाह गर्न सुरु गर्ने तयारी रहेको नगरपाकिलाले जनाएको छ । कार्यक्रममा नगरपालिका जनप्रतिनिधि, कर्मचारी, स्थानीय वुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।