
भारतको बिहारको राजधानी पटनामा आज दिउँसै गोली प्रहारगरी एकजनाको हत्या गरिएको छ।
एटिएम बुथमा पैसा जम्मा गर्न आएका एकजना गार्डलाई घेरेर गोली प्रहार उनको साथमा भएको हतियार र पैसा लुटिएको छ। घाईते गार्डलाई अस्पताल लगिएको केही बेरपछि उनको मृत्यू भएको थियो।
सिसिटिभीको म्याध्यमबाट अपराधीको खोजी भैरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ।