२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

एजेन्सी – कोलम्बियाकी एक महिला दुई वर्ष अगाडि बेपत्ता भएकी थिइन्। तर बेपत्ता भएको यति लामो समयपछि उनी समुद्रमा जीवित्तै भेटिएकी छिन्।

शनिबार एन्जेलिका जाइतन नाम गरेकी महिला समुद्रमा तैरिरहेको अवस्थामा भेटिएको द सनले जनाएको छ। ४६ वर्षकी एन्जेलिकालाई स्थानीय माझी रोलान्डो भिसबल र उनका साथीले भेट्टाएको बताइएको छ।प्युर्टो कोलम्बियाको किनारदेखि दुई किलोमिटर टाढा समुद्रको बीचमा एन्जेलिकालाई भेटिएको हो। उनलाई उद्धार गरेको भिडियो यतिबेला भाइरल बनिरहेको छ।एन्जेलिकाले उद्धार भइसकेपछि ‘म फेरि जन्मिए, भगवानले म मरोस् भन्ने चाहेका रहेनछन्’ भन्ने शब्द उच्चारण गरेको बताइएको छ।

आरसीएन रेडियोसँग उनले आफ्नो कथा पनि खोलिन्। उनले २० वर्षसम्म श्रीमानको दुर्व्यवहार सहेको र पीडा सहन नसकेपछि आफू सन् २०१८ मा घर छाडेर भागेको बताइन्।श्रीमानले बेस्सरी पिट्दा उनको अनुहारमा ठूलो चोट थियो। श्रीमानले उनलाई मार्नै खोजका थिए। घर छाडेर भागेपछि उनले ६ महिना सडकमै मागेर खाइन्।

उनले आश्रयस्थलमा बास पनि पाइन्। यसरी जीवनमा ठूलो पिडा भोगेपछि आफूलाई बाँच्ने रहर नभएको र समुद्रमा हाम फालेको बताइन्। समुद्रमा हाम फालेको आठ घण्टापछि उनको उद्धार भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]