
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव राखेका हुन् ।श्रोतका अनुसार प्रचण्डले यसअघि बसेको स्थायी समिति बैठकमा सहमति भए बमोजिम पार्टीको नाम नेकपा माओवादीबाट हटाएर ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्न प्रस्ताव गरेका छन् ।२०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेकोमा सर्वोच्च अदालतले गत फागुन २२ गते नेकपा एमाले र माओवादी केन्द्र ब्यूताईदिएको थियो ।
त्यसपछि पूर्ववत अवस्थामा फर्किएको माओवादी केन्द्रले पार्टी एकताको भाव मेटिने र अन्य पार्टीबाट एकीकरणमा आउन चाहनेलाई पनि नामले अप्ठेरो पार्ने भएपछि नाम फेर्ने प्रस्ताव आएको थियो ।