१५ चैत्र २०८०, बिहिबार
wait Please...

के छ खबर डेस्क

बिहिबार, साउन २२, २०७७

२२ श्रावण २०७७, बिहीबार
विराटनगर, २२ साउन : प्रदेश १ मा बिहिबार ६६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । उनीहरु मध्ये इलामका १५ जना पुरुष प्रहरी रहेका छन् ।त्यसैगरी विराटनगर महानगरपालिकाभित्र २१ जनामा कोरोना पुष्टि भएको छ । जिल्लागत रुपमा मोरङमा २४, सुनसरीमा १९, इलाममा १५ र झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ११ पुरुष र १० महिला, बेलबारीमा २ र रंगेलीमा १ पुरुष, सुनसरीको धरानमा ११ पुरुष र ३ महिला, इटहरीमा ४ पुरुष र १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष र १ महिलाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
बिहिबार प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा झापाका ९ जना, मोरङका ६, सुनसरी र पाँचथरका १/१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ ।प्रदेश १ मा बिहिबार १ हजार ५४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]