०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

नेपाल कम्युनिस्ट पार्टी ( एमाले)का अध्यक्ष केपी शर्मा ओली समर्थक कार्यकर्ताहरुले वरिष्ठ नेता माधव नेपाल पक्षले सुनसरी पार्टी कार्यालयमा राखेको बोर्ड हटाएका छन् । त्यसक्रममा दुई पक्षबीच विवाद भएको छ ।

सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि सुनसरीका विभिन्न पार्टी कार्यालयहरुमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । मंगलवार नेकपा एमालेका सुनसरी अध्यक्ष रमेश बस्नेतको नेतृत्वमा जिल्ला सचिव नन्द बस्नेतले एमालेको इनरुवास्थित जिल्ला कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको थियो ।माओवादी केन्द्रका जिल्ला नेताहरुसँग बिदाइ कार्यक्रम समेत गरेर बस्नेतको समूह फर्किएपछि एमालेको भण्डारी समूह पार्टी कार्यालय प्रवेश गरी पहिला राखेको बोर्ड फ्याँकेर अर्को बोर्ड राखेका छन् ।भण्डारीको समूहले पार्टी कार्यालयमा केपी ओलीको फोटोसहितको बोर्ड राखेका छन् । कार्यालयमा रहेको पदाधिकारीको नामप्लेट समेत हटाइदिएका छन् । नेपाल पक्षले राखेको बोर्ड ओली पक्षले च्यातेर फालिदिएका छन् ।
उनले नेपाल पक्षले नराम्रो बोर्ड कार्यालयमा राखेकाले केपी ओलीको फोटो सहितको बोर्ड आफूहरुले राखेको बताए । उनले पार्टीको आन्तरिक विवादलाई छलफलबाट समाधान गर्न आफ्नो समूह तयार रहेको बताए ।

बस्नेतले सर्वोच्चको फैसला अनुसार एमाले सुनसरीको आधिकारिक अध्यक्ष आफू भएको बताउँदै उनले पार्टी कार्यालयमा प्रबेश गरी अराजनीतिक र गुण्डागर्दी गर्दै पार्टीको बोर्ड च्यातेर फालेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]