०२ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७

कोलकाता — भारतको कोलकातामा एउटा रेल कार्यालयमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । इस्टर्न रेलवेको कोलकातास्थित मुख्यालयमा सोमबार राति भएको आगलागीमा परी ९ जनाको मृत्यु भएको हो ।

१४ तले भवनको १३औं तलामा आगलागी भएको भारतीय सञ्चारमाध्यम द हिन्दूले जनाएको छ ।सोमबार राति चार जना अग्निनियन्त्रकसहित ७ जनाको मृत्यु भएको थियो भने हराइरहेका २ जनाको शव मंगलबार बिहान भेटिएको थियो ।सोमबार राति नै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र कोलकाता प्रहरीका आयुक्त सौमेन मित्रा घटनास्थल पुगेका थिए । मुख्यमन्त्री बनर्जीले मृतकका परिवारलाई राहतस्वरुप जनही १० लाख रुपैयाँ दिने घोषणा गरेकी छिन् ।

भारतका केन्द्रीय रेलमन्त्री पियुश गोयलले उच्चस्तरीय छानबिन समिति गठन गर्दै घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]