
पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पार्टी अध्यक्ष हुँदा आफूहरूलाई अन्तर्वाता दिन पनि रोक लगाउने गरेको बताएका छन् । १५ वर्ष माधव नेपाललाई आफूहरूले नै साथ दिएको भए पनि उनले त्यति बेला बाहिर कार्यक्रममा गएर बोल्न पनि रोक लगाउने गरेको बताए ।
सोमबार गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘माधव नेपालका पालामा हामी के बोल्यौं क्यासेट रकेर्ड गरेर सुनाउनु पथ्र्यो, अन्तर्वाता दिए कारबाहीमा परिन्थ्यो ।’उनले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे । ‘देशलाई समृद्ध बनाउने बाटोमा लाग्नुस्, जनता किन तर्साउने, सरकार तपाईंहरूलाई साथ दिन सकारात्मक छ ।’ उनले भने ।
तर नेकपामै स्वार्थ, व्यक्तिगत आकांक्षामा बाहेक अरु नदेख्नेहरू रहेको र उनीहरू छुट्टिएको ओलीले बताए ।