०२ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

गोरखा – चौध वर्षीया बालिकालाई एक सातादेखि बन्धक बनाएर बलात्कार गरेको खुलेको छ।

गोरखा बजारकी ती बालिकालाई मामाघर लगिदिन्छु भन्दै आरुघाट गाउँपालिका ६ का २६ वर्षीय काशिराम सुनारले फागुन ८ गते आफ्नो घर लगेको प्रहरीले जनाएको छ। उनले बालिकालाई बन्धक बनाएर बलात्कार गरेको जाहेरी प्रहरी कार्यालयमा परेको छ।सुनारलाई प्रहरीले शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थपाई अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए। सुनारले बालिका घुम्न आएको भन्दै ढाँटेर एक सातासम्म घरैमा राखेका थिए। लामो समयसम्म बालिका सम्पर्कमा नआएपछि उनका परिवारले खोजी गर्दा सुनारको घरमा भेटेका हुन्। सुनारले ललाईफकाई एक सातादेखि बन्धक बनाएर बलात्कार गरेको बालिकाले बताएकी छन्। पीडकले बालिकालाई गोरखा सदरमुकामबाट मोटरसाइकलमा राखी घर लगेका थिए।

यस्तै गण्डकी गाउँपालिका ४ का ८७ वर्षीय एक पुरुषले १३ वर्षकी बालिकालाई पटकपटक बलात्कार गर्दै आएको खुलेको छ। बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले सोधखोज गर्दा गोठालो गएका बेला आफू बलात्कृत भएको पीडित बालिकाले बताएकी छन्।केदारप्रसाद देवेकाटाले बलात्कार गरेको भन्दै बालिकाकी ठूलीआमाले जाहेरी दिएको प्रहरी प्रमुख एसपी गुरुङले बताए। शनिबार गोठालो गएका बेला देवकोटाले तेस्रोपटक बलात्कार गरेको उजुरी परेको छ।

प्रहरीले देवेकाटालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]