
पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना–३ फिस्लिङमा ट्रक दुर्घटना भएको छ।
आज बिहान अन्दाजी ७ बजे मुग्लिनबाट काठमाडौँतर्फ जादैँ गरेको ना ८ ख १५०९ न को ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध छ। अहिले उक्त ट्रकलाई क्रेनको मद्दतले सडकबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन।