०२ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमार्फत लोकतन्त्र बलियो बनाउनुपर्ने दायित्व आएको धारणा राखेका छन्।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीँ कतैबाट हुन नहुने बताएका हुन्।‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन। जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन।’ उनले भने, ‘भ्रष्टाचार गर्दैन र गर्न दिँदैन। सुशासन कायम गरेर छोड्छ, अपराधहरुलाई नियन्त्रण गर्छ।’उनले शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी रहेका विभिन्न पक्षलाई संवादको माध्यमबाट आउन आह्वान गरे। ओलीले सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले देशलाई अस्थिरताबाट जोगाउने र विधिसम्मत अघि बढ्ने बाटो निर्वाचन भएकाले सरकारले तोकेकै मितिमा निर्वाचन गर्ने बताए।

जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ। प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]