२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले संविधान नमिच्ने बताउनुभएको छ । साथै उहाँले आफू नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने प्रतिवद्धता जनाउनु भएकाे छ ।

प्रजातन्त्र दिवसको अवसरमा काठमाण्डौको टुँडिखेलमा भएको कार्यक्रममा उहाँले नागरिकको अभिमतभन्दा विपरीत आफू नजानेसमेत बताउनुभयो । तर प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको आरोप लाग्दै आएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि बहस चलिरहेको छ ।यसैबीच प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताकासाथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै अर्को वर्षसम्म नेपाल अल्पविकसित देशबाट विकासशील राष्ट्रमा प्रवेश गर्नेसमेत बताउनुभएको छ । देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उहाँले तोकिएकै समयमा चुनाव हुनुपर्नेमा समेत जोड दिनुभयो ।कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै उहाँले सानातिना मतभेदलाई चुनावमा गएर ताजा जनमत लिएर आउनुपर्ने बताउनुभयो । आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर देशभर मनाइँदै छ ।

२००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]