
सप्तरी – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रा डा राधाकृष्ण अधिकारीद्वारा लिखित पुस्तक ‘सामाजिक व्यवस्थाको साधन धर्मशास्त्र ‘ विषयक शोधग्रन्थ विमोचन गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ, पूर्व सभामुख तारानाथ रानाभाट, पूर्वमन्त्रीहरु नवीन्द्रराज जोशी, भीमसेनदास प्रधान, पूर्वसांसद बद्री पाण्डे, जीवन परियार, वरिष्ठ पत्रकार प्रा पुरुषोत्तम दाहाल, प्रा गुणनिधि न्यौपानेलगायत अतिथिहरूले सामाजिक व्यवस्थामा धर्मशास्त्रको महत्त्वबारे चर्चा गरे ।
संस्कृत भाषामा रहेको उक्त ग्रन्थको नेपाली अनुवाद प्राडा नुरापति पोख्रेलले गरेका हुन् ।