०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

सप्तरी – सप्तरीमा बहुविवाह मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार भएका एक जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ७ बस्ने २८ वर्षीय उमेश चौधरी छन् । उनलाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।चौधरीकी जेठी पत्नी २१ वर्षीया पुनिता चौधरीले बहुविवाहको जाहेरी दिएकी थिइन् । जाहेरी दर्तापछि २०७६ साल भदौ ५ गते उमेशलाई प्रहरीले पक्राउ गर्दा जिल्ला अदालतले २०७६ साल भदौ ३० गते जिल्ला अदालतको आदेशले तत्काल रु ५० हजार धरौटि बुझाएर रिहा भएका थिए ।

सोही मुद्दामा जिल्ला अदालतले २०७६ साल पुस ८ गते ५ हजार जरिवाना र ११ महिना १२ दिन कैद हुने आदेश दिएको थियो । यो आदेशपछि फरार भएका उमेशलाई पक्राउ गरी जिल्ला अदालतमा दाखिला गराएर कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]