२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

सिन्धुली- दैलोमै स्थानीय सरकार भएपछि विकासले मुहार फेर्नेछ भन्ने आशा कसको हुँदैन र ? हिजो सानो सहयोग लिन पनि सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । अहिले आँगनमै भएको सरकारले गाउँको विकास र समस्या सुल्झाउँछन् भन्नु स्वाभाविकै हो ।

तर, सिन्धुलीको तीनपाटन गाउँपालिकाबासी भने व्यवस्था परिवर्तन गरे पनि पुरानै अवस्थाको नियति भोग्न बाध्य छन् । त्यसमाथि पनि स्थानीय सरकार नै आर्थिक अनियमितता गर्न उद्यत रहँदा स्थानीय आक्रोशित बन्न थालेका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकाले विधिअनुसार आर्थिक बर्ष २०७७/७८ का लागि गाउँ कार्यपालिकाबाट गाउँपालिका स्तरीय योजना छनोट गर्‍यो । पालिकाको नीति कार्यक्रम तथा बजेट आर्थिक वर्ष २०७७/७८ को कार्यक्रम २८ असार २०७७ मा सभाबाट सार्वजनिक तथा पारित गरेको थियो ।यसमध्ये सिमलभन्ज्याङ पहिरो नियन्त्रण गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने पाइप तथा सिमेन्ट खरिद वितरणका लागि ५ लाख ५० हजार रुपैयाँ पाइप तथा सिमेन्ट खरिद वितरणका लागि योजना समावेश गरिएको छ ।

योजना सम्पन्न गर्न ७ लाख रुपैयाँ विनियोजन गरिएको देखिन्छ । तर, दुवै योजनामा आर्थिक अनियमितताको आशंका गरिएको छ भने अध्यक्षमाथि अलिक बढी प्रश्न स्थानीयले तेर्साएका छन् ।गाउँपालिका अध्यक्षले सिमलभन्ज्याङ पहिरो नियन्त्रण र पाइप तथा सिमेन्ट खरिद वितरणको बजेट उपभोक्तालाई थाहा नै नदिई कागजी प्रक्रिया मिलाएर निकासा गरेको तीनपाटन गाउँपालिकाका ज्ञानबहादुर तामाङले बताए । पहिरो नियन्त्रण गर्न ५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । छुट्याएको बजेट खर्च भइसकेको छ तर, एउटा ढुंगासमेत राखिएको छैन । गाउँपालिकाले योजनाको काम गर्न गोप्य रुपमा टेन्डरसमेत गरेको देखिन्छ । गाउँपालिकाले मिजास कन्स्ट्रक्सन सर्भिजसँग सम्झौता गर्दै ५ भदौ २०७७ मा दररेटसमेत पेस भएको छ । र, असोज १६ मा ४ लाख २६ हजर रुपैयाँ मिजास कन्स्ट्रक्सनको नाममा भुक्तानी गरिएको छ ।

काम नै नभई काम भएको भनी कागज मिलाउनेमा प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र गिरी, राजेन्द्र मानन्धर, विमलराज काफ्ले, लेखा अधिकृत गोविन्द प्याकुरेल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीसँग मिलेर गाउँपालिका अध्यक्षले रकम हिनामिना गरेको स्थानीयको दाबी छ गाउँपालिकाले छुट्याएको बजेटअनुसार पहिरो नियन्त्रण गर्न पहिलो चौमासिकमा १ लाख २५ हजार, दोस्रो चौमासिकमा १ लाख २५ हजार र तेस्रो चोमासिकमा २ लाख ५० हजार रुपैयाँ निकासा गर्ने कार्यपालिकाले निर्णय गरेको थियो । तर, उक्त रकम चालू आर्थिक बर्षको दोस्रो महिनामै निकासा गरी मिलेमतोमा नीतिगत भ्रष्टाचार गरेको देखिए पनि तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर मगर भने अघिल्लो वर्षको बाँकी पैसा तिरेको दाबी गर्छन् अध्यक्षले गरेको विषयमा उपाध्यक्ष भने अनविज्ञ छन् । कुनै पनि जानकारी नपाएको भनाइ उनको छ । स्थानीय स्तरबाट आएको गुनासोबारे अध्ययन गरेर मात्र बोल्ने उपाध्यक्ष पद्ममाया तामाङले जानकारी दिइन् ।गाउँपालिका अध्यक्ष स्वयं आफैंले सामान बुझ्ने र दुलाल सप्लायर्स तीनपाटन वडा नम्बर ११ चकमकेसँग फर्जी बिल बनाएर रकम निकालेको स्थानीयको आरोप छ ।

पालिकामा बस्दै नबस्ने व्यक्ति, नाम एउटा, थर र ठेगाना परिवर्तन गरी उनीहरूको नाममा सिमेन्ट र पाइप बुझेको फर्जी कागज बनाएर गाउँपालिका अध्यक्षले पैसा हिनामिना गरेको तीनपाटनका स्थानीय यतिराज तिमल्सिना दाबी गर्छन्
सिमेन्ट पाइप वितरण गर्न पहिलो चौमासिकमा १ लाख ७५ हजार, दोस्रो चौमासिकमा १ लाख ७५ हजार र तेस्रो चौमासिकमा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्ने गरी विनियोजन गरेको भए पनि काम नहुँदा रकम दुरुपयोग भएको स्वयं उपाध्यक्षको गुनासो छ ।

उपाध्यक्षको शीर्षकमा छुट्याएको सिमेन्ट पाईप वितरण नगरेको उनको भनाइ छ । यसरी स्थानीयस्तरबाट आएको आरोपलाई मेट्न गाउँपालिका अध्यक्षले जवाफ दिनैपर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]