२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो ।तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले घटनाका दोषिलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरे ।महामन्त्री दीपक भट्टराईले यस्ता घटना दोहोरिरहेको तर सरकारले कारबाही नगरेको आरोप लगाए । ‘बारम्बार बलात्कार र हत्याका घटनाहरु दोहोरिरहेका छन्, सरकार कसैलाई कारबाही गर्दैन,’ उनले भने, ‘अपराधी खोज्न कतै जान पर्दैन केपीका आमसभामा नारा लाइरहेका भेटिन्छन् ।’

विद्यालयबाट घर फर्केकी भागरथीको स्थानीय जङ्गलमा शव फेला परेको थियो । प्रहरीले अनुसन्धान जारी राखे पनि हालसम्म घटनामा संलग्नको पहिचान भएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]