
डडेलधुरा : बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै डोको प्रदर्शन गरिएको छ। डडेलधुराका तिलक हमाल चरिले भागरथी हत्यारालाई कारबाहीको मागसहित विभिन्न माग लेखेका प्लेकार्ड डोकोमा टाँसेर प्रदर्शन गरेका हुन्।
भागरथी भट्टका हत्यारा पत्ता लगाउनुपर्ने, वेरोजगारी, हिंसा, नियन्त्रणमा वेवास्ता गरी सरकार अन्तैतिर लागेको भन्दै उनले विभिन्न माग राखेर सांकेतिक आन्दोलन गरेका हुन्। उनले बलात्कारपछि न्याय नपाएको, हत्या र हिसांका घट्ना दिनानुदिन बढिरहेको र कानुनको अनुभूत गर्न नपाएको भन्दै सदरमुकाम परिक्रमा गरेका छन्। उनले किर्तिपुर बजारबाट डोकोमा भारी बोकेर डडेल्धुरा सदरमुकाम परिक्रमा गरेका हुन्।बैतडीको दोगडाकेदखार गाउँपालिका ३ कि १७ वर्षीया किशोरी भागरथी भट्टको माघ २१ गते बलात्कारपछि हत्या गरिएको थियो। विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको विभत्सव अवस्थामा शव भेटिएको थियो।
पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पीडित परिवारले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने बताएका छन् । जिल्लाभर भागरथीको हत्यारा पत्ता लगाउन आन्दोलन भइरहेका छन् ।अझैंसम्म प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन।