०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

सप्तरी – नेपाल कम्यनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वयले ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउने जारी विज्ञप्तिमा बताइएको छ । जातीय, धार्मिक, लैंङ्गिक र सामुदायिक परम्परा देशको गहना भएको बताइएको छ ।

“विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउँदछ । जातीय, धार्मिक, लैंङ्गिक र सामुदायिक परम्परा नै यो देशको गहना हो ।” जारी विज्ञप्तिमा भनिएको छ ।

साथै यस्ता सांस्कृतिक पर्वहरुका माध्यमबाट सांस्कृतिक पहिचान र भौगोलिक विविधतायुक्त विशेषता रहेको नेपाली जनसमुदायमा आपसी बन्धुत्व, सहिष्णुता र सामाजिक सांस्कृतिक ऐक्यवद्धताको अभिवृद्धि हुनेमा विश्वास व्यक्त गरेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमले संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास शुरु भएको प्रचण्ड(नेपाल पक्षको दाबी छ । साथै त्यसैको रक्षाको लागि आन्दोलनमा होमिनुको विकल्प नभएको समेत उक्त पक्षले जनाएको छ ।

“पछिल्लो घटनाका रुपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ, “त्यसकारण हजारौं जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध आन्दोलनमा होमिनुको कुनै विकल्प छैन । तसर्थ तामाङ र शेर्पा समुदाय सहित सम्पूर्ण नेपाली जनतामा यस पर्वको अवसरमा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामनाका गर्दै प्रतिगामी कदम विरुद्ध अन्तिम धक्काका लागि तयार रहन हार्दिक आव्हान गर्दछौं ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]