२८ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को प्रवेश परीक्षाको नतिजा बिहीबार साँझ प्रकाशित गर्ने तयारी भइरहेको छ ।

आइओई प्रवेश परीक्षाको नतिजा आज साँझ या भोलि बिहान प्रकाशित हुने माघ २८ गते सम्पन्न भएको प्रवेश परीक्षाको नतिजा बिहीबार साँझ वा शुक्रबार बिहान प्रकाशित गर्ने तयारी भइरहेको आइओईका सहायक डीन ई. प्रा.डा. सुशीलबहादुर बज्राचार्यले इन्जिनियर्स पोस्टलाई जानकारी दिए ।प्रवेश परीक्षा कम्प्युटर प्रविधिबाट १४ दिनसम्म चलेको थियो । परीक्षाका लागि १२ हजार ६ सय ९९ विद्यार्थीले फाराम भरेकोमा १२ हजार ४ सय विद्यार्थी उपस्थित भएका थिए।

आइओई प्रवेश परीक्षाको नतिजा आज साँझ या भोलि बिहान प्रकाशित हुनेमाघ १४ गतेदेखि सुरु भएको आइओईको प्रवेश परीक्षा दिनमा बिहान र दिउँसो गरी दुई सिफ्टमा चलेको थियो ।आइओईका आंगीक र सम्बन्धन प्राप्त कलेजहरूमा इन्जिनियरिङ पढ्न आइओईको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ । आइओईको आंगीक र सम्बन्धन प्राप्त कलेज गरी १५ कलेजमा ४ हजार २४८ सिट छन् ।प्रवेश परीक्षामा ४० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थी पास हुनेछन् ।यस विषयमा पनि अन्तिम टुङ्गो लागिसकेको छैन । आइओईको सिट संख्यालाई आधार मानेर कति प्रतिशत ल्याएका विद्यार्थीलाई पास गराउने भन्ने विषयमा अन्तिम समयमा मात्र टुङ्गो लाग्ने बज्राचार्यले जानकारी दिए । यसअघि ७ हजार हराहारीमा विद्यार्थी पास गराएकोमा यस पटक सो संख्या केही बढ्ने अनुमान छ ।पास भएका विद्यार्थीले कलेज र विषय छनोटका लागि पुनः फारम भर्नुपर्छ । विद्यार्थीले भर्ना हुनुपूर्व कलेज, कलेजमा पढाइने विषय र सो विषयलाई चाहिने र्याङ्कलाई मध्यनजर गर्नुपर्छ । कुनै विषयलाई हाई र्याङ्क चाहिन्छ भने कुनै विषयलाई कम भए पनि हुन्छ ।र्याङ्कका आधारमा न्यूनतम ७५ प्रतिशत अंक ल्याउने विद्यार्थीले आइओई पुल्चोक क्याम्पस र ६५ प्रतिशत अंक ल्याउने विद्यार्थीले आइओईका अन्य चार आंगिक क्याम्पसमा पढ्न पाउँछन् ।मानौँ, प्रवेश परीक्षामा ७ हजार विद्यार्थी पास भएको खण्डमा सबैभन्दा पहिला पुल्चोकममा रहेको ५७६ सिट भरिन्छ । उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु क्रमशः छनोटमा पर्छन् । त्यसपछि उत्कृष्ट अंक ल्याउनेहरुमध्येबाट थापाथली क्याम्पसमा ४२३, पश्चिमाञ्चल क्याम्पस पोखरामा ४३२, पूर्वाञ्चल क्याम्पस धरानमा ५२४ र चितवन क्याम्पसमा २४ सिटमा विद्यार्थी भर्ना गराइन्छ ।

बाँकी विद्यार्थीले आइओईबाट सम्बन्धन प्राप्त कलेज रोजेर भर्ना हुन पाउँछन् । त्यस्ता कलेज १० वटा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]