०२ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

दाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठनले सोमबार दाङसहित साविक राप्तीमा शैक्षिक हड्ताल गरेको छ।

प्रतिबन्धित पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सोमबार दाङसहित साविक राप्तीमा शैक्षिक हड्ताल आह्वान गरेको हो।अखिल क्रान्तिकारी दाङका संयोजक अनिल केसीले आइतबार जारी गरेको विज्ञप्तिमा रुकुम पश्चिम लगायत राप्ती क्षेत्रमा प्रशासनद्वारा विद्यार्थीहरूमाथि भएको गैरन्यायिक गिरफ्तारी र दमनको विरोध एवम्‌ गिरफ्तार भएकाहरूको रिहाइ माग गर्दै शैक्षिक हड्तालको घोषणा गरेको उल्लेख छ।
यहि माघ १८ गते अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष प्रेम प्रशान्त बोहोरा, कोषाध्यक्ष धन बहादुर वली, र १९ गते संगठन रुकुम पश्चिमका उपाध्यक्ष सोमपाल कामी र सह–सचिव प्रकाश विकलाई गिरफ्तार गरी हिरासतमा राखिएकाले रिहाइ माग गर्दै शैक्षिक हड्ताल घोषणा गरेको युनियनले जनाएको छ।

त्यस्तै, सो संगठनले बैतडी जिल्लामा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कारपछि विभत्स हत्या भएको प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिइ कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]