
दार्चुला — नौगाड गाउँपालिका ६ को कपडे भीरमा शव फेला परेको छ । शनिबार बिहान स्थानीय ५५ वर्षीय कृष्णसिंह धामीको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार देथला–खार–खलंगा सडकको कपडे भीरमा धामीको शव फेला परेको थियो । शवको अवस्था हेर्दा भीरबाट लडेको हुन सक्ने प्रहरीको भनाइ छ ।
घटनाको अनुसन्धानका लागि होपरीगाढ प्रहरी चौकीको प्रहरी टोली र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।