२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

गुल्मी : गुल्मीका पाचँ स्थानीय तहले अहिलेसम्म पनि हिउँदे अधिवेशन गर्न सकेका छैनन्।

स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार प्रत्येक वर्षको माघ १५ भित्र सबै स्थानीय तहहरूले हिउँदे अधिवेशन सम्पन्न गर्नुपर्ने भएपनि जिल्लाको रुरुक्षेत्र, सत्यवती, इस्मा, कालीगण्डकी र गुल्मीदरबार गाउँपालिकाले अहिलेसम्म पनि हिउँदे अधिवेशन गर्न नसकेका हुन्‌।रुरुक्षेत्र गाउँपालिकाले माघ २५ गते हिउँदे अधिवेशन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए। सत्यवती गाउँपालिकाले शनिबार हिउँदे अधिवेशनको लागि तयारी बैठक बसेको छ। हिउँदे अधिवेशनको लागि योजनाको छनोट, बाँडफाँड तथा बजेट रकमान्तर गर्नुपर्ने हुन्छ। तयारी नपुगेको कारण अधिवेशन गर्न नसकिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए।इस्मा गाउँपालिकाको अधिवेशन माघ २६ गते तोकिएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन्। यसभन्दा पहिले बीचमा अधिवेशन गरेर गाउँपालिका केन्द्रको टुंगो लगाएको उनले बताइन्।

गुल्मीदरबार गाउँपालिकामा फागुनको दोस्रो हप्तासम्म हिउँदे अधिवेशन गर्नेगरी तयारी भइरहेको छ। माघभित्र सम्पन्न हुने योजनाको निर्क्यौल गरिसकेपछि फागुनको दोस्रो हप्तासम्म हिउँदे अधिवेशन गर्ने प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए।कालीगण्डकी गाउँपालिकाले फागुनको पहिलो हप्ताभित्र अधिवेशन गर्ने तयारी गरेको छ। मुसिकोट नगरपालिकाले पनि तोकेभन्दा ६ दिन ढिला गरी हिउँदे अधिवेशन डाकेको थियो।

नेकपामा देखिएको विभाजनको कारण नगरको अधिवेशन गत २१ गते बुधबारमात्रै भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]