२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १९, २०७७

काठमाडौं । अक्सर प्रयोगकर्ताले आफ्नो पुरानो फोन बिक्री गर्नु अघि आफ्नो सिम र मेमोरी कार्ड मात्रै निकाल्ने गर्दछन् । तर आफ्ना महत्वपूर्ण आईडी लगआउट गर्न बिर्सिरहेका हुन्छन् ।

जसबाट उनीहरुको गोप्य डेटामाथि खतरा पैदा हुन्छ । यदि तपाईं पनि आफ्नो पुरानो मोाबइल बिक्री गर्ने कुरा सोचिरहनु भएको छ भने आज हामी तपाईंलाई केही कामका कुरा बताउँदै छौं । जसबाट तपाईंको निजी जानकारी लिक हुनबाट जोगिनेछ ।

फ्याक्ट्री रिसेट गर्नुहोस् :
मोबाइल बिक्री गर्नु अघि फ्याक्ट्री रिसेट गर्न नभुल्नुहोस् । यसो गर्दा तपाईंको मोबाइलमा भएका सबै डेटा डिलिट हुनेछन् ।साथै गुगलदेखि इन्स्टाग्रामसम्मका सबै आईडी समेत लगआउट हुनेछन् । फ्याक्ट्री रिसेट गर्नका लागि फोनको सेटिङमा जानुहोस् ।त्यहाँ तपाईंले ब्याकअप एण्ड रिसेटको अप्सन देख्न सक्नुहुनेछ । त्यसमा ट्याप गर्नुहोस् । यति गरेपछि फोनमा फ्याक्ट्री रिसेट हुनेछ ।

ब्याकअप राख्न नछुटाउनुहोस् :
मोबाइल बिक्री गर्नु अघि आफ्ना महत्वपूर्ण डेटाको ब्याकअप तयार पार्नुहोस् । यसबाट तपाईंको डेटा कुनै कारण डिलिट वा लिक हुनेछैन ।ब्याकअप तयार पार्नका लागि सबैभन्दा मोबाइलको सेटिङमा जानुहोस् र त्यहाँ रहेको ब्याकअपको विकल्प छान्नुहोस् । त्यसपछि तपाईंको डेटा गुगल ड्राइभमा गएर सेभ हुनेछ ।

गुगल अकाउन्ट लगआउट गर्नुहोस् :
मोबाइल बिक्री गर्नु अघि आोफ्नो गुगल अकाउन्ट लगआउट गर्न नबिर्सिनुहोस् । यसबाट तपाईंको निजी जानकारी सुरक्षित हुनेछ ।गुगल अकाउन्ट लगआउट गर्नका लागि आफ्नो मोबाइलको सेटिङमा जानुहोस् र त्यहाँ रहेको युजर एण्ड अकाउन्ट विकल्प छान्नुहोस् ।त्यसमा गएपछि तपाईंले रिमुभको विकल्प देख्नुहुनेछ । त्यसमा क्लिक गर्नुहोस् र आफ्नो गुगल अकाउन्ट फोनबाट हटाउनुहोस् ।

अनि अन्त्यमा :
स्मार्टफोन बिक्री गर्दाको समय आफ्नो फोनको बिल, एक्सेसरीज र बक्स समेत साथमा दिनुहोस् । यसबाट तपाईंको सम्भावित ग्राहकमा पुरानो मोबाइलप्रति राम्रो छवी बन्नेछ । जसले गर्दा पुरानो फोनले राम्रो मूल्य पाउने संभावना समेत निकै बढ्न सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]