२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १८, २०७७

हेटौंडा । मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुर (म्यान) को नयाँ कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

गत पुस २५ गते निर्वाचित भएको म्यानको नयाँ कार्यसमितिलाई शुक्रबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरि पदस्थापना तथा प्रमाण पत्र प्रदान गरिएको हो । म्यान मकवानपुरका निवर्तमान अध्यक्ष एसिस रिजालले अध्यक्षमा निर्वाचित दिनेश लामालाई नयाँ कार्यकालका लागि अध्यक्षको पदभार दिलाएका हुन् ।नवनिर्वाचित अध्यक्ष लामालाई निर्वाचन आयुक्त छतेन्द्र आचार्यले सपथ गराएका थिए । त्यसैगरी अध्यक्ष लामाले कार्य समितिका अन्य पदाधिकारीलाई पदभार ग्रहण गराएका थिए ।

निर्वाचनबाट म्यानको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, उपाध्यक्षमा कुमारमणि त्रिपाठी, महासचिवमा राजकुमार दाहाल, सचिवमा शिवराज बास्तोला, कोषाध्यक्षमा नवराज चौलागाई र सहकोषाध्यक्षमा अनिल बानियाँ चयन भएका थिए ।

त्यसैगरी सदस्यमा राकेशकुमार केसी, नवराज त्रिपाठी, विशाल श्रेष्ठ, कृष्ण श्रेष्ठ, मिलन स्याङ्तान र प्रविण वैद्य चयन भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]