२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी – १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको अक्सन फेब्रुअरी १८ तारिखमा हुने भएको छ। बिसिसिआईले आइपिएलको अक्सन फेब्रुअरी १८ मा चेन्नाईमा गर्ने भएको हो।

आउँदो आइपिएलको १४औं संस्करण आठ टिमले खेल्ने अन्तिम प्रतियोगिता हो। २०२२ देखि भने आइपिएलमा १० टिमको सहभागिता रहनेछ। यो पटकको अक्सनमा ठूला खेलाडीको किनबेच हुनेछ।राजस्थानका कप्तान स्टेभ स्मिथ, किंग्स इलाभेन पञ्जाबका ग्लेन म्याक्सवेल, रोयल च्यालेन्जर्स बैंग्लोरबाट क्रिस मोरिस र उमेश यादव, चेन्नाई सुपर किंग्सबाट केदार जाधव, मुम्बई इन्डियन्सबाट नाथन काउल्टर निल, जेम्स पटिन्सन, कोलकाता नाइट राइडर्सबाट टोम बेनटन र दिल्लीबाट जासन रोय, सन्दीप लामिछाने जस्ता स्टार खेलाडी रिलिज भएसँगै यो पटक आइपिएल अक्सनमा हुनेछन्।आइपिएलको अक्सनबाट सबै टिमले गरी कुल २२ विदेशी खेलाडी किन्दै छन्। चेन्नाई र सनराइजर्स हैदरवादले विदेशी कोटामा अब १–१ खेलाडी मात्रै राख्न पाउँछन्। कोलकाताले दुई विदेशी खेलाडी अक्सनबाट राख्न पाउने छ। अक्सनबाट बैंग्लोरले चार विदेशी खेलाडी राख्न पाउँछ।मुम्बई इन्डियन्सले चार विदेशी खेलाडी राख्दा राजस्थानले तीन, पञ्जाबले ५ र दिल्लीले दुई विदेशी खेलाडी आउँदो अक्सनबाट राख्न पाउँछ। लगातार दुई संस्करणसम्म दिल्ली क्यापिटल्समा रिटेन भएका सन्दीप लामिछाने भने २०२१ को आइपिएलका लागि भने उनी रिलिज भए।रिलिजसँगै अब आइपिएल खेल्न सन्दीपलाई अक्सनबाट कुनै टिमले अनुबन्धित गर्नुपर्छ। डेब्यु सिजनमा सन्दीपले तीन खेलबाट पाँच विकेट लिएका थिए। तर, टिम बाहिरिसकेपछि दिल्लीले खेलाएको थियो। २०१९ को संस्करणमा भने सन्दीपले ६ खेलबाट ८ विकेट लिए।

२०२० मा पनि सन्दीपलाई रिटेन गरेको दिल्लीले यो सिजन भने एक खेल पनि खेलाएन। प्रतियोगिताभर बेन्चमै बसेका सन्दीपलाई २०२१ को आइपिएलको लागि भने दिल्लीले फुकुवा गर्‍यो।दिल्लीले रिलिज गरेसँगै सन्दीपले अब आइपिएल खेल्ने सम्भावना कस्तो छ? खेल्न पाउने भए उनलाई कुन टिमले अनुबन्धित गर्छ भन्ने चर्चा हुन थालेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]