२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – धनकुटाको सुख्खा क्षेत्र शहिदभूमि गाउँपालिकामा पर्ने गोपालपुर र पिलियाटारमा लिफ्ट सिंचाई योजनामार्फत पानी पुग्ने भएको छ । पानीको अभावका कारण काकाकुल झै बनेका पिलियाटारबासी चाडै नै पानी पिउन पाइने आशामा छन् ।

प्रदेश सरकारको झण्डै तीन करोड रुपैयाँको लागतमा धनकुटाको सुख्खा क्षेत्र शहिदभूमि गाउँपालिकाको गोपालपुर र पिलियाटारमा लिफ्ट प्रविधिबाट सिँचाइ हुने भए पछि स्थानीय दंग परेका छन् । आफ्नै जग्गाको सिमाना भएर बग्ने नदिलाई हेरेर आफ्नो जग्गा बाँजो राख्न बाध्य भएका यहाँका स्थानीय सिँचाई आयोजना संचालनमा आउने भए पछि आफ्नो जग्गा सिंचित हुने आशामा देखिन्छन् ।पानी आउने भएपछि लामो समय पछिको उनीहरुको पानी सपना समेत पुरा हुने भएको छ । यो सिंचाई योजना सम्पन्न भए पछि यहाँका बाँजो जमिन लाई हराभरा बनाउने उनीहरुको रहर छ ।पानीको स्रोत नभएका नदी आसपासका स्थानको पहिचान गरी सिंचाई सुविधा पु¥याउने उद्धेश्यले लिफ्ट सिचाई आयोजना सुरु गरिएको हो । एक नम्बर प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आउन लागेको लिफ्ट सिंचाई योजनाको काम ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भई सकेको छ ।यो क्षेत्रमा ठूल– ठूलाटार भए पनि सिंचाई अभावका कारण आकासे पानीको भरमा खेतीगर्नु पर्ने बाध्यता छ । प्रदेश सरकाको १ करोड ८१ लाख रुपैयाको लागतमा गोपालपुरमा २७ हेक्टर जमिन सिंचितहुने गरि तमोर नदि बाटपानी तान्न सोलार सिस्टमको प्रविधि जडान गर्ने काम भईरहेको छ ।यस बाट २ सय ५ घरधुरी लाभान्वित हुनेछन । त्यस्तै १ करोड ५ लाख रुपैयाको लगानीमा पिलियाटारमा सञ्चालनमा रहेको सिंचाई योजनाबाट १५ हेक्टर जमिन सिंचितहुने जलस्रोत तथा सिंचाई विकास डिभिजन धनकुटाका प्रमुख कुशल गौतमले जानकारी दिनुभयो ।

अरुण र तमोर नदी बग्ने बेसी फाँटमा ठुल–ठूला टारहरु रहेका छन् । ती फाँटहरुमा समेत सिंचाई सुविधा पु¥याउन आवश्यक देखिन्छ । त्यसैले पनि यो आयोजनाबाट एकातिर काकाकुल झै बनेका पिलियाटारबासीको प्यास मेट्ने देखिन्छ भने अर्कोतिर नदी किनार छेउका मरुभूमि झै बनेका जग्गामासमेत सिंचाई सुविधा पुग्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]