२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १३, २०७७

सप्तरी – केही दिनयता लगातार उकालो लागेको शेयरमङ्गलबार भने घटेको छ। नेप्से मङ्गलबार १७ दशमलव ७९ अङ्कले घटेर २४ सय २३ दशमलव शून्य नौ विन्दुमा झरेको छ । होटल र फाइनान्स समूहको बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

मङ्गलबार व्यापार समूहको शेयर ९२ अङ्कले, विकास बैंकको २९ अङ्कले, बैंकको झण्डै सात अङ्कले, जलविद्युतको २७, निर्जीवन बीमाको ९८, उत्पादनको ४१, अन्यको २६, माइक्रो फाइनान्सको ५९ र जीवन बीमा समूहको शेयर ४१ अङ्कले घटेको छ ।

मङ्गलबार दुई सय सात कम्पनीका एक करोड ९६ लाख ६ हजार कित्ता शेयर आठ अर्ब २७ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब ४५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

मङ्गलबार आठ वटा कम्पनीका शेयरधनीले चार प्रतिशतभन्दा धेरै गुमाएका छन् । समग्र बजार घटे पनि गुराँस लघुवित्त, युनाइटेड फाइनान्स र प्रभु इन्स्योरेन्सका शेयरधनीले भने नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]