२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १३, २०७७

सप्तरी – नेपाल विद्यार्थी संघमा उमेर हदको माग गर्दै नेपाली का‌ंग्रेसको केन्द्रीय कार्यालयमा संघका कार्यकर्ताले धर्ना दिएका छन्।

का‌ंग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएपछि पार्टी नेताहरूलाई आफ्ना माग सुनाउन संघका कार्यकर्ता धर्ना बसेका हुन्। नेविसंघको तदर्थ समितिको कार्यकाल बिहीबार सकिन लागेको छ। गत माघको १६ मा गठन भएको तदर्थ समितिलाई दुई पटक गरी एक वर्षको कार्यकाल दिइएको थियो।तदर्थ समितिले पूर्णता नपाउँदै कार्यकाल सकिन लागेको हो। संघको विधान विपरीत तदर्थ समिति गठन गरेको विरोधमा उत्रेका विद्यार्थीहरू पुनः धर्ना बसेका हुन्।नवराज त्रिपाठीको नेतृत्वमा संघको विधान कार्यान्वयनको माग गर्दै धर्ना दिइएको हो। प्लेकार्डसहित धर्नामा उत्रेका संघका कार्यकर्ताले सभापति शेरबहादुर देउवालाई ‘सभापति ज्यू, हाम्रो नेविसंघ खोई?’ भनि प्रश्न गरेका छन्।

संघको विधान पार्टीले उपलब्ध नगराएको भन्दै विधान माग गरिएको छ। विधानसंगत नेविसंघ परिचालित हुँदा कांग्रेसका लागि पनि लाभ हुने उनीहरूको तर्क छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]