३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १३, २०७७

सप्तरी – प्रधानमन्त्री केपी ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी मुद्दा दर्ता भएका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपानले र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले मंगलबार अवहेलनासम्बन्धी छुट्टाछुट्टै रिट दर्ता गरेका हुन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद् विघटनविरुद्धको मुद्दामा बहस गर्न जाँदा प्रधानमन्त्री ओलीले गरेको टिप्पणीप्रति रिटमा आपत्ति जनाइएको छ । माघ ९ गते काठमाडौंको बबरमहलस्थिगत कार्की ब्याङ्केटको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाजे वकिललाई सर्वोच्च लगेर ‘तमासा’ देखाएको टिप्पणी गरेका थिए । उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै अधिवक्ताद्वयले मंगलबार रिट दायर गरेका हुन् ।

अधिवक्ता न्यौपानेले वरिष्ठ अधिवक्ता र अधिवक्तालाई अमर्यादित भाषामा गाली गरेकाले अपहेलना मुद्दा दर्ता गरेको जानकारी दिए । ‘प्रधानमन्त्रीले संसद विघटन मुद्दाको बहसमा सहभागी वरिष्ठ अधिवक्ताज्यू तथा अधिवक्तालाई अमर्यादित भाषामा गाली गरेकाले अपहेलना मुद्दा दर्ता भयो’, उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]