३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १३, २०७७

सप्तरी – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई नागरिक समाजसँग माफी माग्न आग्रह गर्नु भएको छ । सोमबार बालुवाटारमा मानवअधिकार तथा शान्ति समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी नागरिक समाजका अगुवामाथि प्रहरीले पानीको फेहोरा र लाठी बर्साएको थियो ।

मंगलबार ट्विट गर्दै डा. शेखरले सरकारलाई नागरिक समाजसँग क्षमा माग्न आग्रह गर्नुभएको हो । उहाँले प्रतिगमनका विरुद्धमा शान्तिपुर्ण प्रदर्शन गरिरहेका नागरिक समाज माथि भएको वर्वरताको निन्दा र भत्सर्ना जति गरे पनि नपुग्ने बताउनु भयो ।‘देशको माटो निधारमा लगाएर प्रतिगमनविरुद्ध आन्दोलनमा होमिएका नागरिक समाजमाथि गरेको दमनको अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पुजाबाट सम्भव छ, न कम्युनिष्ट शब्दकोषको आत्मालोचनाबाट नै हुन्छ’, उहाँले भन्नुभयो ।प्रदर्शनमा सहभागी केही नागरिक समाजका अगुवा घाइते समेत भएका छन् । सोमबार नै देशमा शान्ति कायम होस् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको थियो । त्यसको केही समयमा प्रहरीले नागरिक अगुवामाथि लाठी बर्साएको थियो ।

प्रधानमन्त्री हुँदा ईश्वरको नाममा सपथ नखाने ओलीले पशुपतिनाथको दर्शन गरेर पञ्चामृत पूजा गरेको भन्दै निकै आलोचना समेत भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]