
सप्तरी – राजधानीको धुम्बाराहीस्थित एक होटलमा युवतीसहित सोमबार बिहान पुगेका एक युवक त्यसको केही समयमा मृत फेला परेका छन्।
प्रहरीका अनुसार काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठ धुम्बाराहीको विभोर होटलमा सोमबार बिहान पुगेका थिए।कोठा बुक गरेर बसेका उनी अचेत भएपछि सँगै रहेकी युवतीले होटल व्यवस्थापनलाई खबर गरेको काठमाडौँ प्रहरी परिसर प्रवक्ता प्रमेश विष्टले जानकारी दिए।
उनका अनुसार श्रेष्ठ छाती दुखेको भन्दै ओछ्यानमा गएर पल्टिएका थिए। त्यसपछि युवतीले बोलाउँदा श्रेष्ठ नउठेपछि हल्लाखल्ला भएको थियो।श्रेष्ठ विवाहित हुन्। उनी जग्गा व्यवसायमा संलग्न थिए। मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।