
सप्तरी – प्रतिनिधिसभा विघटन विरुद्घ आन्दोलनमा उत्रिएका नागरिक समाजको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ ।नागरिक आन्दोलनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारनेर प्रदर्शन गर्दा व्यापक धरपकड गरिएको हो ।प्रदर्शनकारीमाथि लाठी प्रहार, पानीको फोहरा हानिएको छ । जसका कारण दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

