२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

सप्तरी – सप्तरीमा ट्याक्टरबाट लडेर एक जना बालकको अाज बिहान मृत्यु भएको छ। सप्तरीको खडक नगरपालिका वडा न. ९ लालपट्टीस्थित कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको टयाक्टरबाट बालक लडेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

साे दुघृटनामा जिल्लाकाे खडक नगरपालिका ९ का दुर्गा भगतका १२ बर्षिय छोरा विशाल कुमार भगतको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।यता ट्याक्टरबाट खसी गम्भिर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारि दिनुभयो ।घाइते बालकको स्थानिय एडभान्स सुरक्षा अस्पताल कल्याणपुरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि राजविराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको डिएसपि साहले बताउनुभयो ।

यता मृतक बालककाे शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शव गृह ल्याइएको छ ।यता ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक जिल्लाके खडक नगरपालिका वडा न. १० का २२ वर्षीय मुन्नाकुमार यादवलाई प्रहरीले पक्राउ गरि घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]