२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको रिटमा सर्वोच्च अदालतले गर्ने निर्णयले नेपालको संविधानको परिधि र शासकीय व्यवस्थालाई प्रष्ट पार्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशले काठमाडौंमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्रि समेत रहेका ढकालले प्रतिनिधि सभाको विघटनको विषयमा देशका राजनैतिक दलहरु तथा नागरिकहरुका बीच तीब्र ध्रुविकरण भएको प्रति चिन्ता व्यक्त गर्दै अदालतमा विचाराधीन मुद्दालाई सडकबाट प्रभावित बनाउन नहुने भन्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन् ।अध्यक्ष ढकालले सञ्चार माध्यमले नकारात्मक समाचारलाई मात्र हेडलाइन बनाउन नहुने भन्दै सकारात्मक चिन्तनले मात्रै समस्याको सही परिणाम हासिल हुने जिकिर गरे ।ढकालले पुराना राजनैतिक दलहरुले जनतालाई पटकपटक धोका दिएकाले अब वैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउँदै परिवार दल सोही कार्यमा अघि बढ्ने स्पष्ट पारे । आफ्नो निहीत स्वार्थको लागी झुटो आश्वासन दिने, देशलाई मुठभेड तर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाइ बदनाम गर्दै हिँड्नेहरुबाट नागरिकले थप के आशा गर्ने भन्दै अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ सुसंस्कारयुक्त राजनैतिक शक्ति नेपालको आवश्यकता भएको जिकिर गरे ।

अध्यक्ष ढकालले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने भन्दै निर्वाचनको लागि तयार रहन आफ्ना कार्यकर्तालाई आग्रह गरे ।दलका महामन्त्री बिनोद डाँगीले नेपाली जनताका हरेक दुखमा निस्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए । दलका प्रवक्ता सन्तोष पौडेलले भविष्य भएको पार्टी नेपाल परिवार दल नै हो भन्दै सम्पूर्ण युवाहरुलाई आवद्ध हुन आह्वान गरे । दलका कोषाध्यक्ष एवम संविधान सभा सदस्य मिलन कुमारी राजवंशीले महिलाहरुलाई राजनीतिमा लाग्न जोड दिइन् । सुदुरपश्चिम प्रदेश परिवार दलका संयोजक खडक नागरिकले सुदुरपश्चिममा परिवार दलको योगदान उल्लेख्य रहेको बताउँदै नागरिकहरुले थप आशा राखको उल्लेख गरे ।

परिवार दलका केन्द्रिय सदस्य रुपसिंह भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सो दलका केन्द्रिय सदस्यहरु गोबिन्द मिश्र, प्रकाश बाबु थापा, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, अनिल भण्डारी, सन्त बहादुर पन्त, पिया रत्न महर्जन लगायत सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]