२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – गुल्मीकाे मदाने गाउँपालिका-३ शिरशिने पोखरा बस्ने नरबहादुर थापाको कच्ची गोठमा शनिबार बिहान आगलागी भएकाे छ।
आगलागीबाट गोठ, पाँच वटा बाख्रा र नगद ६० हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ।
गुल्मीकाे मदाने गाउँपालिका-३ शिरशिने पोखरा बस्ने नरबहादुर थापाको कच्ची गोठमा शनिबार बिहान आगलागी भएकाे छ। आगलागीबाट गोठ, पाँच वटा बाख्रा र नगद ६० हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ।

यसैगरी लमजुङकाे राईनस नगरपालिका-५ तीनपिप्ले चोकमा राखेको हाल नम्बर नखुलेको बाटो पेल्ने रोलरमा शनिबार राति आगलागी भएकाे छ। आगलागीबाट राेलर जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ।यता बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-१८ परास टोल बस्ने कृष्ण देवी कुर्मीको फुसको घरमा शुक्रबार बिहान आगजनी हुँदा नगद २० हजार र अन्य धनमालसमेत जलेर करिब ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। पर्सा वीरगञ्ज महानगरपालिका-२८ बगही बस्ने ३३ वर्षीय धुरेन्द्र पटेलले कुर्मीको घरमा पेट्रोल छर्की आगो लगाइदिएको र स्थानीयबासीहरूको सहयोगमा नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले फरार पटेलको खोजी गरिरहेको जनाएकाे छ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]