२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले संसद पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेकाहरु पनि भित्रभित्रै चुनावको तयारीमा लागेका बताएका छन् ।

नेकपा सर्लाही जिल्ला कमिटीद्वारा सदरमुकाम मलङ्वामा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले नेपाली कांग्रेस र जसपासंगै माधव-प्रचण्ड समूह पनि आन्तरिक चुनावी तयारीमा रहेको जीकिर गरे । संसद पुनर्स्थापनाको माग राखेर गरिरहेको आन्दोलन हात्तीको देखाउने दाँतजस्तो हो । सबैको चाहना चुनाव नै भएकोले चुनावी तयारीमा जुट्न कार्यकर्तालाई प्रदेश अध्यक्ष साहले निर्देशन दिए ।`अहिले सडकमा देख्न सक्नुहुन्छ, केही नेता तथा राजनीतिक दल संसद पुनर्स्थापनाको माग राखेर आन्दोलन गरिरहेका छन् । तिनीहरूको भ्रममा नपर्नुस्, उनीहरु सबै भित्रभित्रै चुनावको तयारी गरिरहेका छन्´ नेता साहले भने, `हात्तीको देखाउने दाँत र खाने दाँत फरक हुन्छ, यो पनि त्यस्तै हो । झट्ट हेर्दा आन्दोलन गरेजस्तो देखिन्छ तर उनीहरु केन्द्र देखि गाउँ गाउँसम्म चुनावी तयारीमा लागिसकेका छन् ।´

`कांग्रेस र मधेशी दलभन्दा बढी चुनावी तयारीमा माधव नेपाल र प्रचण्ड लागेका छन । त्यसैले कुनै किसिमको दुबिधामा नरही चुनावको तयारीमा लाग्नुस कमरेडहरु । बैशाख १७ र २७ गते चुनाव हुन्छ´ नेता साहले थपे ।कार्यक्रममा नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री इश्वर पोखरेल, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र रघुवीर महासेठ, प्रदेश सचिव एवम् राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]