२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – हेटौँडा–४ मेनरोडस्थित तीनतारे होटेल सामनामा नेपाल सरकारका पूर्वउपसचिवको शव फेला परेको छ । सोमबार बिहान ओलखढुंगा स्थायी ठेगाना भई हाल भक्तपुर बालकोट बस्ने ६० वर्षीय नेपाल सरकारका पूर्वउपसचिव लेखजंगध्वज केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयबाट अवकाशप्राप्त पूर्वउपसचिव केसी १२ पुसदेखि सामनामा बस्दै आएका थिए ।

केसी हेटौँडा सिमेन्ट उद्योगको लेखा परीक्षणका लागि हेटौँडा आएका उनीसहित तीनजना होटेलको दुईवटा कोठामा बस्दै आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

दीर्घ रोगी रहेका केसीले बेलुका मादक पदार्थ सेवन गरेर सुतेको र बिहान मृत भेटिएको प्रहरीको अनुसन्धानबाट खुलेको डिएसपी रानाले जानकारी दिए । ‘सँगै बस्दै आएका साथीसँग सोधपुछ गर्दा उनले गएराति मादक पदार्थ सेवन गरेको बुझिएको छ ।’ रानाले भने ‘शवको प्रकृति हेर्दा प्राकृतिक मृत्यु देखिएको छ । परिवार आएपछि पोस्टमार्टम गरिनेछ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]