२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – विराटनगर महानगरपालिका–६ सरोचीयामा मंगलबार दिउँसो भएको सिटी सफारी दुर्घटनामा परेर एक वृद्धा महिलाको मृत्यु भएको छ । दुर्घटनामा विराटनगर–१६ की ६८ वर्षीया वृद्धा प्रभा पोखरेलको ज्यान गएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईकाअनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरेलको उपचारका क्रममा दिउँसो १:३० बजेतिर न्युरो अस्पतालमा मृत्यु भयो ।सडकमा तीव्र गतिमा गुडिरहेको मोटरसाइकलाई बचाउने क्रममा सिटी सफारी दिउँसो १ बजेतिर पल्टिएर खाल्डोमा परेको प्रहरीले जनाएको छ । त्यस क्रममा सफारीमा यात्रा गरिरहेकी वृद्धा घाइते भएकी थिइन् ।

प्रहरीले सफारी चालक सुनसरीको बर्जु गाउँपालिका–२ का ३० वर्षीय कृष्णकुमार साहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]