२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – पैसा वचत गर्नु एउटा कला हो यो कला जो कोहीसँग नहुन सक्छ । धेरै मानिसहरूले आफ्नो हातमा पैसा टिक्न नसक्ने भनी आफैंलाई दोषी देखाएका हुन्छन् । यति हातमा पैसा अडिएन भने भविष्यका लागि कुनै प्लान गर्न सकिदैन ।

यदि पैसा पाएपछि खर्च गरिहाल्ने खराब बाणी तपाईंसँग छ भने त्यसलाई केही तरिकाहरू प्रयोग गरेर हटाउन सक्नुहुन्छ ।

पहिला खर्चको लिस्ट बनाउनुहोस्

सानोदेखि लिएर ठूलो खर्चसम्मको एउटा लक्ष्य बनाउनुहोस् । यो लक्ष्य पूरा गर्न प्रयास गर्नुभयो भने बारम्बार हुने खर्चमा नियन्त्रण हुन सक्छ र यसले आम्दानी र खर्चबीच एउटा सन्तुलन पैदा गर्छ । जस्तै तपाईंलाई गाडी किन्नु छ, घर बनाउनु छ या बिहे गर्नुछ भने यी कुराहरू लेख्नुस् । कुनै खर्च गर्नुभन्दा अगाडि आफूले राखेका लक्ष्यहरूलाई सम्झिने प्रयास गर्नुस् । लक्ष्य अगाडि भएपछि वचत गर्न सजिलो हुन्छ ।

क्रेडिट कार्डको खर्चमाथि नियन्त्रण

केही मान्छेहरू आफ्नो खर्चका लागि क्रेडिट कार्डमा निर्भर हुन्छन् जुन खराब बानी हो । खर्च गर्न क्रेडिट कार्डमाथि निर्भर रहनु भनेको वचत हुन कठिनाइ हुनु हो । क्रेडिट कार्ड प्रयोग गर्नुपरेमा त्यतिमात्र खर्च गर्नुस् जति तपाईंको बैंक एकाउन्टमा पहिल्यैदेखि वचत छ । एक महिनामा जति तिर्न सकिन्छ त्यति मात्र क्रेडिट कार्डबाट खर्च गर्नुपर्छ ।

ऋण नराख्नुहोस्

आफूमाथि कुनै पनि किसिमको ऋण राख्नु हुँदैन । कहींबाट ऋण लिएको छ भने त्यसलाई छिटै तिर्ने कोशिस गर्नुपर्छ । यदि तपाईंसँग कहीं बाट पैसा आउँदै छ र तपाईंले घर या गाडी किन्न खोज्नुभएको छ भने त्यसलाई रोकेर आफ्नो ऋण तिर्नतिर लाग्नुहोस् ।

आपतकालीन कोष बनाउनुहोस्

वचतसँगै वित्तीय सुरक्षाको पनि ध्यान राख्न जरुरी छ । तपाईंले आफ्नो लागि सबैभन्दा पहिला आपतकालीन कोष बनाउनुहोस्, यसो गरियो भने कुनै अप्ठेरो परिस्थितिमा त्यो पैसा तपाईंले प्रयोग गर्न सक्नुहुन्छ । इमर्जेन्सी फण्ड भएपछि तपाईंलाई ऋण लिन आवश्यक नपर्न सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]