१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी -प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज एक साथ तीन शहरमा विरोध सभाको आयोजना गर्ने भएको छ ।

विराटनगर, धनगढी र भैरहवामा आज जसपा नेपालले विरोधसभाको आयोजना गरेको हो । त्यसका लागि वक्ता केन्द्रबाट नै खटिएका छन् । विराटनगरको सभाका लागि पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह प्रमुख वक्ताको रुपमा विराटनगर पुगिसकेका छन् भने धनगढीको सभाका लागि पार्टीका कार्यकारिणी सदस्यहरु नवराज सुवेदी, गोविन्द चौधरी र दुर्गा सोव पनि मुख्य वक्ताको रुपमा पुगिसकेका छन् ।त्यस्तै भैरहवामा हुने विरोधसभाका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी सदस्यहरु महेन्द्र राय यादव र सर्वेन्द्रनाथ शुक्ला पनि त्यहाँ पुगिसकेका छन् । आजको कार्यक्रम सम्पन्न भएपछि अर्को कार्यक्रम पुस २७ गते वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा हुनेछ भने पुस २९ गते पोखरा, सुर्खेत र विर्तामोडमा हुनेछ ।

त्यसैगरी, माघ ३ गते धरान, मलगंवा, सिरहा, कलैया, तौलिहवा, रौतहटमा यस्तै विरोधसभा हुने जसपा नेपालले जनाएको छ । संसद विघटनपछि जसपा नेपाल आन्दोलनमा उत्रिएको छ । जसपाको यो दोस्रो चरणको कार्यक्रम हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]