२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष १६, २०७७

सप्तरी – ताप्लेजुङ्गस्थित पाथिभरा मन्दिर रहेको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ । गत शुक्रवारबाट लागेको आगो आज (बिहीवार) नियन्त्रणमा आएको हो ।आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन भएका थिए भने स्थानीयहरुले पनि आगो निभाउन सहयोग गरेका थिए ।

“आगो नियन्त्रणमा आइसक्यो, अब कोइला र माटोमा रहेको आगो निभाउन लागेका छौंँ ।” जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका प्रमुख डिएसपी महेन्द्र कुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए ।पाथिभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग पनि गरिएको थियो ।७ दिनदेखि लागेको आगो नियन्त्रणमा आउन नसक्दा दुर्लभ वन्यजन्तु रेडपाण्डा (रातो हाब्रे) को बासस्थान समेत डढेर खरानी भएको छ । वन पैदावार लगायत जंगली जनावरको बासस्थानमा निकै ठूलो नोक्सानी भएको छ ।डढेलोका कारण विशेषगरी त्यस क्षेत्रमा पाईने रेडपाण्डाको चरन र बासस्थान खरानी बनाएको छ । धेरै रेडपाण्डा मरेको हुनसक्ने भए पनि अनुगमनमा जान नसकिएको संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।पा थिभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान छ । ती बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे अहिले अनुमान गर्न सकिएको छैन ।पाथिभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलोले पाथिभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिएको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए ।

हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेको भनाइ छ । पाथिभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]