
सप्तरी – राप्रपा अध्यक्ष कमल थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘अरुलाई खुवाउन पालेको पालेको बाघले आफैंलाई नखाओस’ भन्दै चेतावनी दिएका छन् ।
संसद विघटनविरुद्ध सडक आन्दोलन गरिहेका नेताद्वयको माइतीघर मण्डलामा बसेको तस्विर सहित ट्विट गर्दै अध्यक्ष थापाले विगतमा गरेको गल्तीको सजायँ आफैंले भोग्नुपर्ने संकेत गर्दै चेतनावनीमूलक अभिव्यक्ति दिएका हुन् ।०६२/०६३ पछि कांग्रेस कम्युनिष्टले न्यायिक निकाय र राज्य संयन्त्रमा पार्टी निकट मान्छे राख्ने गलत परम्पराका भएकाले न्याय दुर्लभ भएको टिप्पणी गरेका छन् ।
शनिबार बिहान ट्वीट गर्दै थापाले अरुलाई खुवाउन पालेको बाघले एकदिन आफैं खानेप्रति सचेत हुन पनि प्रचण्ड–माधवलाई आग्रह गरेका छन् ।
‘२०६३ सालपछि कंग्रेस–कम्युनिष्टले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन् । त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ’, ट्वीट गर्दै उनले भनेका छन्, ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड–नेपाललाई भएकै होला !’