११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख २३, २०७९

जनकपुरधाम – महोत्तरीको गौशालामा गतराति डकैती हुँदा लाखौं लुटपाट र प्रतिकार गर्दा चाकु प्रहार गरी एकजना घाइते भएका छ्न्।

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० जलिलटोल बस्ने जयकिशोर महतोको घरमा राति कुटपिट गर्दै लुटपाट भएको हो। उक्त समूहले जयकिशोरकी बुहारी निरादेवीमाथि आक्रमण गर्दै नगद १ लाख १० हजार, गरगहना, टिभी, मोबाइल गरी करिब ३ लाख बराबरको धनमाल लुटेको हो।

घरका अन्य कोठामा बाहिरबाट चुकुल लगाएर कुटपिट गर्दै लुटपाट गरिएको पीडित जयकिशोर महतोले जानकारी दिए। निराको टाउकोमा खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको र टाउकोमा ४ वटा टाका लागेको अस्पताल स्रोतले जानकारी दिएको छ।

निराको उपचार प्राथमिक स्वास्थ्यकेन्द्र गौशालामा भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]