२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २५, २०७८

बराल – जिल्लामा भूमिहीन सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासी झन्डै दसगुणा बढी देखिएका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समितिको प्रारम्भिक अध्ययनको तथ्यांकमा ठूलो संख्यामा अव्यवस्थित रूपमा बसोबास गर्ने देखिएका हुन् ।

प्रारम्भिक अध्ययनले जिल्लाभर १ सय १० जना मात्रै भूमिहीन दलित र ३ सय ९३ जना भूमिहीन सुकुम्बासी रहेकोमा ४ हजार ५ सय २० जना अव्यवस्थित बसोबासी भेटिएका हुन् । ‘यो प्रारम्भिक अध्ययन मात्रै हो,’ जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले भने, ‘तर वास्तविक सुकुम्बासी धेरै नभएको भने प्रस्ट भएको छ ।’ आयोगले संकलन गर्ने तथ्यांक हाल समन्वयमा सुरक्षित गरिएको छ ।

दलित समुदायमा बढी सुकुम्बासी रहेको अनुमान गरे पनि भूमिहीन थोरै भेटिएका हुन् । आयोगले फेरि एकपटक वडा तहमा पुगेर अध्ययन गरेपछि वास्तविक तथ्यांक सार्वजनिक गर्ने जिल्ला समितिका अध्यक्ष धर्मबहादुर कुँवरले बताए । अव्यवस्थित भेटिनेमा अधिकांश आफ्नो जग्गा भएर पनि सार्वजनिक स्थलमा बसेकाहरू छन् । उनीहरूले सामुदायिक र सरकारी वन, सडक तथा सार्वजनिक जग्गा मिचेर बसेको अवस्थामा भेटिएको समितिका एक सदस्यले बताए ।

धेरैजसोले सार्वजनिक स्थल र वनको जग्गा कब्जा गरेको देखिएको हो । समितिमा डिभिजन वन, नापी र मालपोत कार्यालयलाई सदस्य राखिएको छ । उनीहरूले प्राविधिक रूपमा अध्ययन गरेर अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने योजना कुँवरले सुनाए । नदी किनारमा व्यवसाय र ढुंगागिटी उत्खनन गरेर बस्नेसमेत अव्यवस्थित बसोबासीको रूपमा रहेका छन् । ढोरपाटनतर्फ भने घुम्ती बस्तीको रूपमा सार्वजनिक स्थलमा घरटहरा बनाउने भेटिएका हुन् ।

भूमिहीन दलित र सुकुम्बासीलाई निष्पक्ष भएर जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसेकालाई आफ्नै जमिनमा छाप्रो बनाएर बस्ने वातावरण बनाउने कुँवरले प्रतिबद्धता समेत जनाए । ‘वास्तविक पीडितले न्याय पाउँछन्, कोही प्रलोभवनमा परेर किर्ते काम गर्ने र जग्गाजमिन भएको मनिस सिफारिसमा पर्दैन,’ उनले भने, ‘राज्यले उचित मूल्यांकन गरेर पीडितलाई न्याय दिने हाम्रो लक्ष छ ।’ उनले तथ्यांकलाई वास्तविक बनाउन वडा तहसम्मको व्यक्तिसम्म पुगेर अध्ययन गरिने बताए ।

सबैभन्दा धेरै ढोरपाटन नगरपालिकामा अव्यवस्थित बसोबासी रहेका छन् । ढोरपाटनमा मात्रै १ हजार ८ सय ९२ जना अव्यवस्थित बसोबासी देखिएका हुन् । त्यसपछि निसीखोला गाउँपालिकामा ९ सय ४८ अव्यवस्थित बसोबासी छन् । सबैभन्दा थोरै ताराखोला गाउँपालिकामा ३० जना मात्रै अव्यवस्थित बसोबासी भेटिएका हुन् । ताराखोलामा ५ जना भूमिहीन दलित र १० जना भूमिहीन सुकुम्बासी छन् । बरेङ गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी एक जना पनि नभेटिएका हुन् ।

बरेङमा ६५ जना अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा ४ सय अव्यवस्थित बसोबासी, १५ जना भूमिहीन दलित र ६० जना भूमिहीन सुकुम्बासी भेटिएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]