२९ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २४, २०७८

सप्तरी – भारतको राजधानी दिल्लीमा सोमबारदेखि विद्यालयहरू खुलेका छन् । आज बिहान ९ देखि १२ वर्षसम्मका बालबालिका विद्यालय परिसरमा देखा परेका छन् । योसँगै कलेज, जिम, स्पा र स्विमिङ पुल पनि आजदेखि खुल्दैछन् । कोभिड-१९ को ओमिक्रोन भेरियन्ट सार्वजनिक भएको र बढ्दो केसका कारण डिसेम्बरमा विद्यालयहरू बन्द भएका थिए ।

लेफ्टिनेन्ट गभर्नर अनिल बैजलको अध्यक्षतामा दिल्ली आपत व्यवस्थापन प्राधिकरण (डीडीएमए) को बैठकपछि शुक्रबार यो निर्णय लिइएको हो। दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले शुक्रबार पत्रकार सम्मेलनमा फेब्रुअरी ७ बाट विद्यालय र कलेजहरू खोल्ने जानकारी दिएका थिए।
दिल्लीमा रातिको कर्फ्यू भने हटाइएको छैन । अबदेखि दिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लाग्नेछ । यसबाहेक सोमबारदेखि सबै सरकारी तथा निजी कार्यालयहरू शतप्रतिशत क्षमतामा सञ्चालन गर्न सक्नेछन् ।

तर, दिल्ली सरकारले विद्यालय खुलेपछि पनि हाइब्रिड कक्षाको विकल्प उपलब्ध हुने स्पष्ट गरेको छ । अर्थात्, कक्षाहरू अनलाइन र अफलाइन दुवै लिइनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]