३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १९, २०७८

धनकुटा – धनकुटा–७ जिरोप्वाइन्टस्थित कोशी राजमार्गमा अटोटेम्पु दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मंगलबार बेलुका ८:३० बजे बजारदेखि जिरोप्पाइन्टतर्फ जाँदै गरेको मे १ ह ४४७४ नम्बरको अटो टेम्पु सडकको नालीमा पल्टिंदा टेम्पु चालक ६० वर्षीय लालबहादुर दलार्मीको मृत्यु भएको हो।

छथरजोरपाटी–१ हात्तिखर्क घर भए पनि उनी जिरोप्वाइन्टमा बसेर यतै टेम्पु चलाउँथे। टेम्पु पल्टिंदा गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारको लागि जिल्ला अस्पताल धनकुटामा पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषित गरेका हुन्। मृतक मगरको टाउको सहित विभिन्न भागमा चोटपटक देखिएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका हवल्दार दिपक खड्काले जानकारी दिए। घटना स्थल जिल्ला ट्राफिक प्रहरी कार्यालयदेखि ३ सय मिटर पूर्व रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]