२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

काठमाडौँ – माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा एप्पलको बिक्री बढेको देखिएको छ । एप्पलको बिक्री अक्टोबर र डिसेम्बरको बीचमा ११ प्रतिशतले बढेर १२३.९ बिलियन डलर पुगेको छ ।

बजार बन्द भएपछि कम्पनीको शेयर मूल्य चार प्रतिशतले उकालो लागेकोले कम्पनीले प्राप्त गरेको बृद्धिलाई निरन्तरता दिने प्रतिवेदनमा उल्लेख छ ।

कोरोना महामारीका बेला मानिसहरुले अनलाइनमा बढी समय बिताएको कारण एप्पलको बिक्री बढेको हो ।

विज्ञहरूले गत वर्ष चेतावनी दिएका थिए कि माइक्रोचिपको विश्वव्यापी अभावले एप्पलको बिक्रीलाई असर गर्न सक्छ ।

तर, बिहीबार कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई त्रैमासिक तथ्याङ्कको बारेमा जानकारी गराएको छ, जसले कम्पनी यो संकटबाट जोगिएको देखाउँछ ।

एप्पलको उत्पादन ‘म्याक’ को बिक्री १२ प्रतिशत र ‘आईफोन’को बिक्री ९ प्रतिशतले बढेको छ ।

विज्ञहरूले आईप्याडको बिक्री सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेका थिए र आईप्याडको मात्रै बिक्रीमा १४ प्रतिशतले गिरावट आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]