
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अइपुग्दा डिप्रोक्स लघुवित्तको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ३.२३% ले बढेर ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । खुद ब्याज आम्दानी ७.७९% ले बढेर ७१ करोड ३० लाख १८ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड १४ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । यसअवधिमा यसले ४७ करोड २९ लाख ९९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्ष कम्पनी ९२ करोड ५१ लाख ६३ हजार रुपैयाँ सञ्चालन नोक्सानमा थियो ।
प्रतिसेयर आम्दानी १६ रुपैयाँ २४ पैसाले घटेर ४८ रुपैयाँ २१ पैसामा आएको छ । डिप्रोक्सको चुक्ता पुँजी बढेअनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी घटेको हो । प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २ पैसा छ ।